Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

महुली सामुदायिक लघुवित्तले पायो ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति

२०७५ आश्विन १५ गते

बैंकिङ खबर । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । 

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

हाल  लघुवित्तको चुक्तापुँजी छ करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी भइसकेपछि संस्थाको चुक्तापुँजी नौ करोड रुपैयाँ पुग्नेछ । 

Ad