Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

नक्कली भारुसँगै नेपालमा अब नक्कली डलरको विगविगी

२०७३ जेष्ठ ११ गते

dollorनेपालमा नक्कली डलरको समेत छपाई हुने गरेको तथ्य भेटिएको छ  । प्रहरीले ३५ लाख नक्कली भारु बरामद गरेको समूहबाट १९ हजार अमेरिकी डलर समेत बरामद गरेपछि यो तथ्य बाहिर आएको हो । नेपालमा ६ महिनायता नक्करी भारतीय रुपैयाँको कारोबार पनि हुने गरेको देखिएको छ । यसअघि नेपाल नक्कली भारु तस्करीमा ट्रान्जिट रुपमा मात्र हुने गरेको पाईन्थ्यो । पक्राउ परेका दुईवटा गिरोहमाथि  अनुसन्धान गर्दा नेपाली बजारमा ठूलो मात्रामा नक्कली भारुको सञ्जाल फैलिएको भेटिएको हो । करिब ५५ लाख नक्कली भारुसहित प्रहरीले दुई साता लामो अप्रेसनमा काठमाडौं तथा तराईबाट सातजनालाई पक्राउ गरेको थियो भने  उनीहरुले एक करोडभन्दा धेरै भारु नेपाली बजारमा फिंजाइसकेको  खुलेको  छ ।