Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नयाँ नेपाल लघुवित्तको बार्षिक समिक्षा गोष्ठी सम्पन्न 

२०७५ आश्विन ७ गते

बैंकिङ खबर । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई दिने गोष्ठी सम्पन्न गरेको छ । २०७५ असोज ५ र ६ गते शाखा कार्यालय बर्दिबासमा आर्थिक वर्ष २०७४।०७५ को बार्षिक समिक्षा एवम् चालु आर्थिक बर्ष २०७५।०७६ को कार्यक्रम तथा रणनीति सम्बन्धि गोष्ठी सम्पन्न भएको  हो । 

वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावकारीताको समिक्षा, शाखा कार्यालयहरुको  प्रगती विवरण र लक्ष्य निर्धारण तथा व्यक्तित्व विकासका साथै रिपोर्टिङ्ग सम्बन्धि विषयमा छलफल गरिएको थियो । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय कार्यलयका बिभिन्न बिभागका प्रमुखहरुको पनि उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा बित्तिय संस्था का २३ ओटा शाखा कार्यालयका प्रमुखहरुले आफ्नो शाखाको प्रगती विवरण र बजेटको अवस्थाबारे प्रस्तुतिकरण दिनुका साथै शाखा सँचालनमा भएका कमि कमजोरी, अवसर तथा चुनौतीहरु, समस्या र समाधानका उपाय लगायत लक्ष्य र प्रगतीको अबस्थाबारे छलफल गरेका थिए । 

अबको दिनमा लघुवित्तीय सेवालाई अझ प्रभाकारी ढङ्गका साथ अगाडी बढाउने कुरामा सम्पुर्ण कार्यालयका प्रमुखहरुको एकमत रहेको थियो ।

Ad