बैंकिङ खबर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो प्रदेश नं. २ मा रहेका कार्यालयहरु मध्ये १७ वटा कार्यालयका प्रमुखहरुलाई धितो कर्जा प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धि २ दिने तालिम प्रदान गरेको छ । भदौ १५ गते शुक्रवार लहानमा सम्पन्न तालिम कार्यक्रममा धितो कर्जाको लगानी बढाउने तथा लगानी गरिएका ऋणीहरुको कर्जा सदुपयोगिता गर्ने, धितो सुरक्षणको लागि लिईने कागजातको महत्व लगायतका बारेमा छलफल गरिएको थियो । साथै कार्यालय प्रमुखहरुले कर्जा लगानी गर्दा कर्जा विश्लेषणलाई विशेष ध्यानमा राखी काम गर्नुपर्ने पनि तालिममा बताइएको थियो ।
कार्यक्रमका सहभागिहरुले यस्तो किसिमको तालिमले कर्मचारीहरुको कार्य दक्षतामा बृद्घि हुने बताए । कार्यक्रमको सहजीकरण योजना तथा व्यवस्थापन सूचना प्रणालि विभागका विभागिय प्रमुख कृष्ण बहादुर खड्का र बैकिङ्ग तथा कर्जा विभागका विभागिय प्रमुख भाग नारायण साहूले गरेका थिए ।