बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्थाले पाँच लाख ४० हजार कित्ता साधारण सेयर (आईपिओ) निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा पाँच करोड ४० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने अनुमति पाएको हो ।
लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ । संस्थाको चुक्ता पूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । लघुवित्तको सेयरलाई इक्रा नेपालले रेटिङ ग्रेड फोर प्रदान गरेको छ।