बैंकिङ खबर । नवलपरासीमा केन्द्रिय कार्यालय रहेको त्रिलोक लघुवित्त वित्तीय संस्थाले सहायक श्रेणीका २६ जना कर्मचारी मागेको छ । संस्थाले छ जना शाखा प्रबन्धक र २० जना कनिष्ठ सहायक प्रशिक्षार्थी मागेको हो । शाखा प्रबन्धकका लागि स्नातक उतीर्ण गरी लघुवित्तमा एक वर्ष काम गरेको अथवा प्लस टु उतीर्ण गरी लघुवित्तमा दुई वर्ष काम गरेको हुनुपर्नेछ । कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि भने एसईई परीक्षामा कम्तीमा १.६ ग्रेड प्राप्त गरेका वा सोसरहको शैक्षिक योग्यता भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । यही भदौ २९ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।
