Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेरुडे र दिव्य लघुवित्तमा रोजगारीको अवसर

२०७५ भाद्र १० गते

बैंकिङ खबर । नेरुडे लघुवित्त र दिव्य लघुवित्तमा जागीर खुलेको छ । नेरुडे लघुवित्तले केही संख्यामा लेखापाल र सहायक उत्प्रेरक मागेको छ । व्यवस्थापन संकायमा प्लस टु उतीर्ण  गरी कम्तीमा एक् वर्ष बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव भएका व्यक्तिले लेखापालमा एप्लाई गर्न सक्नेछन् । छनौटमा परेको व्यक्तिलाई सुरुमा परीक्षणकालमा नियुक्त गरी काम चित्त बुझेमा स्थायी नियुक्ति दिने बताइएको छ । सहायक उत्प्रेरकमा भने जुनसुकै विषयमा प्लस उतीर्ण गरेको व्यक्तिले आवेदन दिन पाउनेछन् । अनुभव भएकालाई प्राथमिकता दिने बताइएको छ । छ महिनाको परीक्षण अवधि सकिएपछि नियुक्त गरिने बताइएको छ । आवेदन बुझाउने अन्तिम म्याद भदौ ३१ गते रहेको छ ।

त्यस्तै, दिव्य लघुवित्तले एक जना  अधिकृ, एक जना सहायक अधिकृत एवम् केही संख्यामा वरिष्ठ सहायक र परिक्षार्थी सहायक मागेको छ । अभिकृतका लागि स्नातक उतीर्ण र दुई वर्ष अनुभवी कर्मचारी मागिएको छ भने सहायक अधिकृतका लागि पनि स्नातक उतीर्ण कर्मचारी मागिएको छ । वरिष्ठ सहायकका लागि प्लस टु उतीर्ण र तीन वर्षको कार्यअनुभव मागिएको छ । प्रशिक्षार्थी सहायकका लागि पनि प्लस टु उतीर्ण हुनुपर्नेछ । आवेदन दिने म्याद भदौ २८ गतेसम्म रहेको छ ।

Ad