Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

कालिका लघुवित्तले ९९ शाखामार्फत सेवा पुर्याउँदै, नयाँ कर्मचारीलाई अभिमुखिकरण तालिम

२०७५ भाद्र १० गते

बैंकिङ खबर । स्याङ्जाको वालिङस्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थामा नवप्रवेशी कर्मचारीहरुको लागि एक दिने अभिमुखिकरण तालिमको आयोजना गरेको छ । ५१ जना नवप्रवेशी कर्मचारीहरुलाई वालिङ–८ स्थित होटल डेजी एण्ड पार्टी प्यालेसमा अभिमुखिकरण तालिम दिइएको हो ।

कार्यक्रममा संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत शिबराम जोशीले संस्थामा जोडिन आएका नवप्रवेशी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिए । त्यसैगरि संस्थाका योजना अनुगमन तथा मानव संशाधन विभाग प्रमुख खेम नारायण रेग्मीले कर्मचारीहरुलाई स्वागत संगै सहजिकरण गरे ।

संस्थाका लेखा विभाग प्रमुख खेमराज लम्सालसहितले सहजिकरण गरेको तालिममा कर्मचारीहरुलाई लघुवित्तको बारेमा जानकारीसंगै लघुवित्तको इतिहास, पद्दती, कर्मचारीको काम, कर्तव्य, अधिकार, लघुवित्तको प्रक्रिया एवं संस्थाका बचत तथा कर्जा सुविधाहरुको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रमको सभाध्यक्षता गरेका संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले संस्थाको हालको अवस्था तथा भावी योजनाको बारेमा जानकारी गराए । प्रमुख कार्यकारी अधिकृत बोहराले हाल ६० वटा शाखा सञ्चालनमा आइसकेको र राष्ट्रव्यापी रुपमा संस्थाले लघुवित्त सेवा दिने योजना भएकोले कर्मचारीहरुलाई सक्षम हुन तथा उत्कृष्ट कार्य सम्पादन गर्नको लागि निर्देशन तथा शुभकामना दिए । संस्थाले यस आर्थिक वर्ष भरिमा ९९ वटा शाखाहरु मार्फत सेवा विस्तार गर्ने योजना बनाएको समेत उनले जानकारी ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका संस्थाका सञ्चालक नित्यानन्द तिवारीले कालिका लघुवित्त हिजो सानो तरिकाले शुरु भएर आज राष्ट्रिय स्तरको संस्था बन्नुमा कर्मचारीहरुको अहम् भुमिका रहेको बताए । 

कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा सञ्चालक बासुदेव पौडेलको सहभागिता रहेको थियो । संस्थाका सूचना तथा प्रविधि विभागिय प्रमुख अनुप श्रेष्ठ लगायत कर्मचारीहरु अस्मिता शर्मा, मिथिला सुवेदी, प्रकाश बोगटी लगायतले सहयोग गरेको कार्यक्रम संस्थाका सहायक अधिकृत मिना सुवेदी डुम्रेले सञ्चालन गरेका थिए ।

Ad