बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय धारापानी, धनुषाले मुलावारी स्थित स्थानीय विद्यालय उच्च माध्यमिक प्राविधिक तथा व्यवसायिक विद्यालयमा अध्ययनरत १ कक्षादेखि ५ कक्षासम्मका ५१ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ । एक कार्यक्रमको आयोजना गरी शाखा कार्यालयले आर्थिक अवस्था कमजोर भएका प्रत्येक छात्रछात्राहरुलाई एक थान झोला, कलम, कापी र औजार बक्स वितरण गरेको हो ।
कार्यक्रमका सभापति तथा विद्यालयका अध्यक्ष लक्ष्मी नारायण मण्डलले यस प्रकारको सहयोग गरेकोमा वित्तीय संस्थालाई धन्यबाद दिए । प्रमुख अतिथि तथा धनुषा धाम नगरपालिका–९ का अध्यक्षसंजीव कुमार यादवले वित्तीय संस्थाले गरिवी न्यूनिकरण तथा समुदाय विकासका साथै यस प्रकारको सामाजिक कार्य समेत गरेकोले समाजमा ठूलो योगदान पुर्याएको बताए ।
शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीह ले आफुमा उत्साह थप भएको बताए । विद्यार्थीका अभिभावक तथा अन्य सहभागीहरुले वित्तीय संस्थको सामाजिक कार्यको प्रशंसा गरे ।
कार्यक्रममा शाखा प्रबन्धक गोविन्द काफ्लेले वित्तीय संस्थाले छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गर्न पाएकोमा खुसी व्यक्त गर्दै संस्थाको उद्देश्य अनुसार लघवित्तीय सेवाको माध्यमबाट गरिवी न्यूनिकरणका साथै सामाजिक विकासमा टेवा पु¥याउन सदैव संस्था तत्पर रहेको बताए ।