Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

अपाङ्गहरूलाई ग्रामीण विकास लघुवित्तद्वारा खाद्यान्य तथा सामाग्री वितरण

२०७५ श्रावण ३१ गते

बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । यसै क्रममा संस्थाले नेपाल अपाङ्ग आश्रम, बुटवल उपमहानगरपालिका, देविनगर, रुपन्देहीमा, शारीरिक रूपमा अपाङ्ग रहेका व्यक्तिहरूलाई खाद्यान्य तथा सामाग्री वितरण गरेको छ । वि.सं.२०६८ सालमा स्थापना भै संचालनमा रहेको उक्त अपाङ्ग आश्रममा  अति विपन्न परिवारका ३० जना अपाङ्ग  बालबालिकाहरूलाई संस्थाद्वारा उक्त अवसरमा चामल, दाल, तेल, खाजा, विस्कुट, वाकर तथा बैशाखी वितरण गरिएको थियो । 

संस्थाका सञ्चालक समितिका  अध्यक्ष माणिकरत्न शाक्य, सञ्चालक समितिका सदस्यहरू बम बहादुर मिश्र, सुब प्रसाद रिजाल, जमुना ढकाल, भेषराज कंडेल, संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की लगायत संस्थाका अधिकृत तथा कर्मचारीहरूको उपस्थिति रहेको कार्यक्रममा नेपाल अपाङ्ग आश्रम, बुटवलका अध्यक्ष डोल बहादुर रामदामले अपाङ्ग आश्रम स्थापनाको उद्देश्य र यसको वर्तमान अवस्थाका बारेमा प्रकाश पारे ।

खाद्यान्य तथा सामाग्री वितरण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यले संस्थाले आफ्नो व्यवसायिक गतिविधिका साथै सामाजिक सेवाका क्षेत्रमा समेत कार्य गरिरहेको बताउँदै आफ्नो व्यक्तिगत तर्फबाट समेत एकदिन बराबरको बैठक भत्ता रकम उक्त संस्थालाई प्रदान गरे ।

सोही अवसरमा सञ्चालक समितिका अन्य पदाधिकारीहरु, संस्थाका प्रमुख कार्यकारी अधिकृतबाट समेत एकदिन बराबरको बैठक भत्ता रकम र क्षेत्रीय कार्यालय बुटवलका प्रबन्धक पिताम्बर नेपाल तथा संस्थामा क्रियाशील तीनवटै युनियनका अध्यक्ष रमेश जि.सी, नवराज ढकाल र दिपेन्द्र लुइटेलबाट समेत गरी जम्मा रु. २४५१६।– उक्त आश्रमलाई प्रदान गरिएको थियो । 

Ad