Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एनआईसी एशिया बैंक र सिटिजन लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

२०७५ श्रावण १७ गते

एनआईसी एशिया बैंक लिमिटेडले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरे । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् .

२३३ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।