July 29th, 2018

राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) लिमिटेड बीच आईतबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) लिमिटेडबाट गर्न सक्ने भएका छन् ।  बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्धय भुपेन्द्र पाण्डे र कविराज अधिकारी, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, उद्धबप्रसाद खनाल, नरेशराज अर्याल, विभागीय प्रमुख महेन्द्रप्रसाद अवस्थी, युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) लिमिटेडका तर्फबाट का.मु.नायब महाप्रवन्धक जीवनकुमार उप्रेतीको उपस्थिती रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]