नेरुडे लघुवित्त वितीय संस्था लिमिटेड तथा सक्षम परियोजनाको सहकार्यमा इलाका कार्यालय बुटवलका अन्र्तगत रहेका ११ वटा कार्यालयका २६ जना कर्मचारीहरुले प्रशिक्षक प्रशिक्षण तालिम ९त्इत्० पाएका छन् । वित्तीय साक्षरता कार्यक्रम संचालन गर्नका लागि उक्त तालिम दिइएको हो । साउन ७ गतेदेखि ९ गतेसम्म तीन दिन संचालित तालिममा इलाका कार्यालय बुटवलका नि.इलाका प्रबन्धक दिपक पोख्रेल र केन्दी्रय कार्यालय बिराटनगरका कर्मचारी महेश कुमार राय र रितेश मिश्रले प्रशिक्षण दिएका थिए ।
त्यसै गरि इलाका कार्यालय कोहलपुर अन्र्तगतका १८ जना कर्मचारीलाई मिति २०७५।०४।८ देखि १० गते सम्म कोहलपुरमा पनि सोहि तालिम सम्पन्न भएको छ ।
प्रशिक्षक प्रशिक्षण तालिममा उपशाखामा कार्यरत कर्मचारीहरुलाई कर्जा सदुपयोगिता किन आवश्यक छ कर्जा सदुपयोग नगर्दाको के–कस्ता चुनौति आउन सक्छन्, परियोजना सञ्चालनमा आवश्यक पुर्वाधारको तयारी तथा छनौट कसरी गर्ने, आम्दानी र खर्चको लाई कसरी ब्यबस्थापन गर्ने, पारिवारीक बजेटको तयारी किन गर्ने र यसको फाइदा के छ, यसले कसरी परिवारलाई ब्यवस्थित गर्दछ र फजुल खर्चलाई कसरी नियन्त्रण गरी बचत गर्ने क्षमता तथा शिपको विकास हुन्छ ,बिमा गर्दाको फाइदाहरु के के छन् , रेमिटेन्स सेवाको प्रयोग र बैदेशीक विनीमय दर घट्दा वा बढ्दा कसरी फाइदा बेफाइदा हुन्छ लगायतका विषयमा ग्रामिण क्षेत्रका सदस्यहरु तथा महिला दिदि बहिनीहरुलाई प्रष्ट पार्न सिकाइएको थियो ।
तालिमबाट समुदायमा वितीय पहुँच बिस्तार गर्ने, बैंकिङ प्रणालिका नबिनतम प्रविधि प्रयोग गरि सहज, सरल र भरपर्दो वित्तीय सेवा प्रदान गरि आर्थिक एबम् सामाजीक सवलीकरणबाट उद्यमशिलता तथा आय आर्जन गर्नका लागि प्रेरित गर्ने लघुवित्तको अपेक्षा रहेको छ ।
यस संस्थाले बज नेरुडे नामक घुमन्ते गाडी र ट्याबलेट बैंकिङ सेवा सुरु गरी प्रविधिको प्रयोगमा समेत अघि बढेको छ ।