Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

छुट्ला है अवसर, ज्योति विकास बैंकले मागेको छ ८५ फ्रेस कर्मचारी

२०७५ असार १७ गते

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडले ८५ जना फ्रेस कर्मचारी मागेको छ । बैंकले २० जना मेनेजमेन्ट ट्रेनी, ५० जना जुनियर ट्रेनी एसिन्टेन्ट र १५ जना माइक्रोफाइनान्स एसिस्टेन्ट मागेको हो । मेनेजमेन्ट ट्रेनी र माइक्रोफाइनान्स एसिस्टेन्टका लागि ३० वर्ष र जुनियर ट्रेनी एसिन्टेन्टका लागि २८ वर्ष उमेर ननाघेका व्यक्तिले आवेदन दिन पाउनेछन् । मेनेजमेन्ट ट्रेनीका लागि स्नातकोत्तर, जुनियर ट्रेनी एसिन्टेन्टका लागि स्नातक र माइक्रोफाइनान्स एसिस्टेन्टका लागि प्रवेशिका उतीर्ण कर्मचारी मागिएको छ । आवेदन दिने म्याद ४ जुलाई अर्थात असार २० गतेसम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।