बैंकिङ खबर । एनआईसी एशिया बैंकले विभिन्न सात पदमा झन्डै दुई सय कर्मचारी मागेको छ । बैंकले नयाँ शाखा हरुका लागि ११५ जना शाखा प्रबन्धक, काठमाडौँका लागि सामान्य प्रसासनतर्फ १० जना, प्रोजेक्ट अफिसरको लागि १० जना, पव्लिक रिलेसन अफिसर १० जना, केही पिओएस अफिसर, रेमिट्यान्स अफिसर ५ जना, बैंकास्योरेन्स अफिसर १० जना, होम लोन अफिसर ५ जना, ह्युमन रिसोर्स अफिसर १० जना, अटोलोन अफिसर ५ जना, व्यक्तिग लोन अफिसर ५ जना, केही लर्निङ एण्ड डेभलपमेन्ट अफिसर र केही एक्जेक्यूटिभ सेक्रेटरी माग गरेको छ । इच्छुक आवेदकले बैंशाख १९ गतेसम्ममा आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।
बैंकले यसअघि पनि सेक्टरियल हेड, इनर्जी फाइनान्सीङ हेड, सेक्टरियल अफिसर, सर्भिस एक्सेलेन्स एक्जिक्युटिभ, डिपोजिट मार्केटिङ अफिसर, शाखा प्रबन्धक, टेलि मार्केटिङ एक्जिक्युटिभ र एक्जिक्युपटभ सेक्रेटरी पदमा कर्मचारी मागेको थियो । यी पदहरुमा आवेदन दिने म्याद वैशाख १० गतेसम्म रहेको छ ।
आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।
थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.nicasiabank.com/current-vacancies