April 13th, 2018

नेपालको बैंकिङ इतिहासमा पहिलो महिला सीईओ ‘अनुपमा खुँजेली’

बैंकिङ खबर । अनुपमा खुँजेली नेपालको बैंकिङ इतिहासमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न सफल भएकी छिन् । उनी मेगा बैंक नेपाल लिमिटेडको सीईओमा चार वर्षका लागि नियुक्त भएकी हुन् । बैंकको विहीबार गोकर्ण फरेस्ट रिसोर्टमा बसेको सञ्चालक समितिको वैठकले उनलाई सीईओको जिम्मेवारी सुम्पेको हो । दुई वर्षे कार्यकाल सकेर अनिल केशरी शाह अवकाश भएपछि उनले मेगा बैंकमा नै कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । खुँजेलीले वैशाख २ गतेदेखि मेगा बैंकमा सीईओको कार्यभार सम्हाल्नेछिन् । 

बैंकिङ अनुभव
खुँजेलीसँग २७ वर्ष लामो बैंकिङ अनुभव रहेको छ । उनले सन् १९९१मा तत्कालिन नेपाल ग्रिन्डलेज बैंक अहिलेको स्टान्डर्ड चार्टर्ड बैंकबाट करिअरको सुरुवात गरेकी थिइन् । त्यहाँ उनले सहायक स्तरबाट प्रवेश गरी १३ वर्ष विताएर मेनेजर तहबाट बाहिरिइन् । त्यसपछि सिनियर मेनेजरका रुपमा उनी नबिल बैंकमा प्रवेश गरिन्, जहाँ उनले छ वर्ष विताइन् र संस्थापक नायव महाप्रबन्धकका रुपमा मेगा बैंकमा कदम राखिन् । त्यसपछि बढुवा हुँदै उनी सीईओ बन्न सफल भएकी हुन् ।

शैक्षिक योग्यता
खुँजेलीले एमबीए गरेकी छिन् । उनले एस कलेजबाट एमबीए गरेकी हुन् । नेपालकै सेन्टमेरिज स्कुलमा १० कक्षासम्म पढेपछि उनले प्लस टु भारतबाट गरेकी हुन् । स्नातक गर्न भने उनी पुनः नेपाल नै आइन् । उनले स्नातक स्नातक शंकरदेव क्याम्पसबाट गरेकी हुन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]