Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साताका टप बैंकिङ खबरहरु सात बुँदामा

२०७४ फाल्गुन १९ गते

बैंकिङ खबर । यो साता नेपाल सरकारका नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडातर्फ बढी ध्यान खिचियो । यसबाहेक, बैंकहरुको शाखा विस्तार, सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु लगायतका गतिविधिहरु भए । समग्रमा, यो साता बैंकिङ क्षेत्रमा भएका प्रमुख खबरहरु यहाँ प्रस्तुत गरिन्छ ।  

बैंक घोटालाका आरोपी पक्राउ
विराटनगर रानीस्थित राष्ट्रिय वाणिज्य बैंकलाई रु नौ करोड ६१ लाख नौ हजार हानी नोक्सानी पुर्याएको आरोपमा दुई कर्मचारी पक्राउमा गरे । सो बैंक शाखाका प्रबन्धक विष्णुप्रसाद निरौलालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएको हो । यही फागुन २ गते सोही बैंकका भन्सार काउन्टर इन्चार्ज  वरिष्ठ सहायक तोरणराज राउतलाई पक्राउ गरिएको थियो । 

सरकारी कारोबार विद्युतीय भुक्तानीमार्फत 
महालेखा नियन्त्रकको कार्यालयले मंगलबार (फागुन १५ गते)देखि NHCL-IPS मार्फत विद्युतीय भुक्तानी कारोबार सुरु गर्यो । कार्यालयले सिंहदरबार स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सेवाप्रदायक फर्म, कम्पनी, संस्था वा यक्तिको बैंक खातामा नै जम्मा हुने गरी उक्त सेवालाई विस्तार गर्ने क्रममा पहिलो चरणमा ललितपुर र क्रमशः काठमाडौं, भक्तपुर हुँदै नेपाल भरिकै सबै कार्यालयबाट लागू गर्ने बताएको छ । 

सिद्धार्थ बैंकको शाखा संजाल १०० पुग्यो
बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा यस बैंकले पछिल्लो पटक २०७४ फाल्गुण १६ गतेदेखि नवलपरासीको विनयीत्रिवेणी नगरपालिका, महोत्तरीको रामगोपालपुर गाउँपालिका र कपिलबस्तुको यशोधरा गाउँपालिकामा शाखा संचालन शुरु गर्यो । यससंगै बैंकका तीन वटा एक्स्टेन्सन काउन्टर सहित १०० वटा शाखा संजाल पुगेको छ ।

गण्डकी विकास बैंकमा सिआस्वा सुरु
गण्डकी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधाका लागि अनलाईन मार्फत सार्वजनिक निष्कासन हुुँदा धितोपत्रमा लगानी गर्न सकिने सिआस्वा सेवा लागु गर्यो । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन गर्दा अनिवार्य रुपमा सि आस्वा प्रणाली मार्फत शेयर आवेदन गर्नु गराउने पर्ने व्यवस्था गरेको हुँदा बैंकले यस सेवाको प्रारम्भ गरेको हो । 

कैलाश विकास बैंकको सिल्भर जुब्ली बचत योजना
काठमाडौंको पुतलीसडकमा प्रधान कार्यालय रहेको कैलाश विकास बैंकले कैलाश सिल्भर जुब्ली बचत योजना सार्बजनिक गर्यो । यही फाल्गुन १३ गते आइतबार देखि लागु हुने गरी सिल्भर जुब्ली बचत  खातामा ८.५० प्रतिशत वार्षिक ब्याज र तिन महिने मुद्दती खातामा १२ प्रतिशत वार्षिक ब्याजको निक्षेप योजना ल्याएको हो । २५औँ वर्षमा प्रवेश गरेको बैंकले रजतवर्षको अवसरमा आप्mना ग्राहकलाई सर्वाधिक ब्याज उपलब्ध गराउने उद्देश्यले यो योजना प्रस्तुत गरिएको  बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

सानिमा बैंकको सात शाखा विस्तार
सानिमा बैंक लिमिटेडले डडेलधुराको अमरगढी, कैलालीको टिकापुर, पाल्पाको तान्सेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी सात वटा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा थप बिस्तार गरेको छ । अमरगढी र टिकापुर शाखा कार्यालयको समुदघाटन् बैंकका ब्राण्ड प्रवद्र्धक कलाकार हरीवंश आचार्य र संचालक भरत बहादुर थापाले संयुक्त रुपमा गरे भने तान्सेन शाखा कार्यालयको समुदघाटन् ब्राण्ड प्रवद्र्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरीवंश आचार्य (मह जोडी) तथा संचालक भरत बहादुर थापाले संयुक्त रुपमा गरे । 

अन्य,
कृषि विकास बैंक लिमिटेडले कृषि क्षेत्रमा क्रियाशील समुह तथा सहकारीहरुलाई कृषि सामग्री हस्तान्तरण गर्यो ।
सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको गोरखाको छेपेटारमा रहेको एक्सटेन्सन काउन्टरको शाखामा स्तरोन्नति गरियो । 
सानिमा बैंक लिमिटेडले धुर्मुस सुन्तली फोउण्डेशनलाई २१ लाख रुपैयाँ सहयोग प्रदान गर्यो ।
ओम डेभलपमेन्ट बैंक लि.ले रुपन्देही जिल्लाकोे तिलोत्तमा नगरपालिका स्थित मणिग्राम शाखाको बिधिवत उद्घाटन गर्यो ।
मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौँ महानगरपालिका वडा नं.१४ कालिमाटी, कुलेश्वरमा नयाँ शाखा विस्तार गर्यो ।
हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई  एक लाख ५० हजार रुपैयाँ वित्तीय सहयोग प्रदान गर्यो ।
सांग्रिला डेभलपमेन्ट बैंक र एपोलो हस्पीटल ईन्डीया बिच सेवा आदानप्रदान बिषयमा सम्झौता भयो ।
ओम डेभलपमेन्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाकोे भैरहवा शाखाको बिधिवत उद्घाटन गर्यो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६८औं शाखा कास्कीको सिमलचौरमा संचालनमा ल्यायो ।

Ad