February 27th, 2018

लगानी र उद्यमशीलताबीचको अन्तरसम्बनध

झलक प्रसाद खनाल, महासचिव, डेभलपमेन्ट बैंकर्स एसोसिएसन एवम् प्रमुख कार्यकारी अधिकृत, लुम्बिनी विकास बैंक । वास्तवमा लगानी भनेको खर्च नै हो । हामीले  आफ्नो पैसा, श्रम, अनुभव र सीपको खर्च गर्नु हो । तर, खर्च र लगानीको बीचमा निकै ठूलो फरक छ । किनकि, लगानी भन्नाले आज खरिद गरिएको त्यस्तो कुनै सम्पत्ति हो जसले भविष्यमा हामीलाई प्रतिफल दिन्छ । प्रतिफलको निश्चितता भएको खर्च नै लगानी हो । जस्तै  हामीले मूल्य बढ्छ  भन्ने निश्चित भएपछि जग्गा किन्छौँ, सेयर किन्छौँ । मुनाफा नआउने ठाउँमा लगानी गरिँदैन ।

जहाँ उद्यमशीलता छैन, जहाँ आफ्नो क्षमता, अनुभव, योजनाले भ्याउँदैन त्यो ठाउँमा लगानी गरेर फाइदा छैनत । लगानी गर्नको लागि  हाम्रो परियोजना राम्रो हुनुपार्ये । त्यसका लागि हाम्रो अनुभव र सीपका साथै हामीसँग भएको बजेटको समेत ता दात्म्यता मिलेको हुनुपर्छ । हामीले आफ्नो क्षमताभन्दा बढी लगानी गर्न सक्यौँ अथवा आफ्नो अनुभव र सीपभन्दा बाहिर गएर का मगर्न खोज्यौँ भने हामी सफल नहुन सक्छौँ । 

लगानी र उद्यमशीलता अन्तरसम्बन्धित
लगानी र उद्यमशीलता बीचमा एक दमै  गहन सम्बन्ध छ । लगानीबीना उद्यमशीलता हुँदैन भने उद्यमशीलता नभएको ठाउँमा गरिएको लगानी व्यर्थ हुन्छ । कुनै योजना हामीले बनाइरहेका छौँ भने आफूले गर्न सक्ने लगानीको विषयमा पूर्ण रुपमा विश्वस्त हुनुपर्छ । आत्मविश्वास नभएसम्म र गरेको लगानीबाट प्रतिफल लिन सक्छु भन्ने वि श्वास नभएसम्म लगानी गर्नु उचित हुँदैन । नजानिकन त्यसै लहलहैमा लागेर कुनै पनि काममा हात हाल्नु हुँदैन । प्रविधिलाई नबुझिकन हामीले लगानी गर्नुहुँदैन ।

लगानीका दुई प्रकार
लगानी दुई प्रकारको हुन्छ ः स्वपुँजीको लगानी र बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी । आफूले लगानी गर्दा अर्थात स्वपुँजीको लगानी गर्दा सम्पूर्ण जोखिम उद्यमीसँग रहन्छ । तर, जब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर गरिएको लगानीमा जोखिम बाँडिन्छ । उक्त जोखिममा अब उद्यमीसँगै बैंक पनि जोडिन्छ । किनकि, बैंकले कर्जा दिँदा उद्यमीले लगानी गर्न लागेको परियोजना सफल हुन्छ कि हुँदैन, त्यसबाट उद्यमीले प्रतिफल पाउँछ कि पाउँदैन भन्ने कुराको अध्ययन गर्दछ । लगानी गर्न लागिएको व्यवसाय अर्थात परियोजनाबाट प्रतिफल प्राप्त गर्न सम्भव नदेखिएमा बैंक तथा वित्तीय संस्थाले उद्यमीलाई उक्त परियोजनामा लगानी गर्न उचित नहुने भनी सल्लाह दिनेसम्मको भूमिका निर्वाह गर्दछन् । साउले जसरी पैसा दिने र व्याज असुल्ने मात्र नभएर गलत परियोजनामा लगानी गर्नबाट रोक्ने दायित्व पनि बैंकले निर्वाह गर्दछ । (राजधानीमा आयोजित एक कार्यक्रममा व्यक्त विचारमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]