Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आरम्भ माइक्रोफाइनान्सको आईपिओ विक्री खुल्ला

२०७४ फाल्गुन १५ गते

बैंकिङ खबर । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई लाख ९४ हजार कित्ता साधारण सेयर निष्काशन गरेको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा दुई करोड ९४ लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गरेको हो । सेयर निष्काशनका छिटोमा फागुन २१ गते र ढिलोमा २९ गतेमम्म खुला रहनेछ ।

कुल निष्काशित सेयरमध्ये, आठ हजार आठ सय २० कित्ता कर्मचारीको लागि र १४ हजार सात सय कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । 

न्युनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन  दिन पाइने संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ । एनआईसी एशिया क्यापिटल बबरमहल, आरम्भ माइक्रोफाइनान्स बनेपा र सि आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट  आरम्भ माइक्रोफाइनान्सको आइपिओमा आवेदन दिन सकिने बताइएको छ ।