बैंकिङ खबर । सिभिल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले ४० जना ट्रेनी एसिस्टेन्ट, आठ जना ट्रेनी, १० जना अपरेसनल एसिस्टेन्ट, आठ जना एसिस्टेन्ट रिलेसनसिप अफिसर, १५ जना अपरेसन इन्चार्ज, २० जना रिलेसनसिप मेनेजर र २५ जना ब्रान्च मेनेजर गरी एक सय २६ जना कर्मचारी मागेको हो ।
इच्छुक तथा बैंकले मागेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई १८ फेब्रुअरीभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । बैंकले अनुभव नभएकाहरुलाई पनि अवसर प्रदान गरेको छ । आवेदन अनलाइनबाटै दिन सकिनेछ ।