Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल इन्स्योरेन्सले शतप्रतिशत हकप्रद जारी गर्ने

२०७४ पुष ६ गते

बैंकिङ खबर । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड १९ लाख ८८ हजार छ सय १० रुपैयाँ बराबरको ३० लाख १९ हजार आठ सय ८६ दशमलव १० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । 

हाल नेपाल इन्योरेन्सको चुक्तापुँजी ३० करोड १९ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी झन्डै ६० करोड ४० लाख रुपैयाँ पुग्नेछ । ०७५ असार मसान्तसम्ममा कम्पनीले एक अर्ब चुक्तापुँजी पुर्याउनुपर्नेछ ।