Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

आइएमई जनरल इन्स्योरेन्सको २३औं शाखा खिचापोखरीमा 

२०७४ मंसिर २९ गते

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा खिचापोखरी, न्यूरोड, काठमाण्डौंमा मिति २०७४ मंसीर २९ गते देखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरे । 

शाखाको उद्घाटन कार्यक्रममा चिरञ्जिबी चापागाईज्यूले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई बधाई दिए । बीमा क्षेत्रको विकास र विस्तार गरी अग्रिणी बीमा कम्पनीको रुपमा स्थापित हुन आइएमई जनरल इन्स्योरेन्सलाई शुभकामना दिँदै उनले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब समेत दिए । अध्यक्ष चापागाईले सबैले बीमालाई बाध्यताको कारण नभई आफ्नो सम्पत्तीको सुरक्षाको लागि बीमा गर्ने बानी बसाल्न आजैदेखि लाग्नुपर्ने भन्दै उपस्थित सबैलाई आफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यसाय विस्तार गर्न पनि आग्रह गरे ।

सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालज्यूले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । खिचापोखरी शाखासहित आईएमईको शाखा संख्या २३ पुगेको बताउँदै उनले शाखाबाहेक २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३६ स्थानबाट  सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गरिरहेको जानकारी दिए । निकट भविष्यमा ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर जारी गरेर चालू आर्थिक वर्षको अन्त्यसम्ममा ९७ करोड २० लाख रुपैयाँ चुक्तापुँजी पुर्याउने योजना रहेको ढकालले बताए । साथमा, अबको दुई महिनाभित्र थप १६ शाखा तथा सम्पर्क कार्यालयहरु खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने उनले बताए ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहक महानुभावहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिंदै कम्पनीले हालसम्म रु.३३ कारोड बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिए । कम्पनीले आफ्ना शाखा तथा सम्पर्क कार्यालयहरु मार्फत ग्राहक महानुभावहरुलाई उच्च कोटीको चुस्त तथा सहज सेवा प्रदान गरी देशको कुना कुनासम्म बीमा सेवा प्रदान गर्ने जानकारी गराउंदै उपस्थित सबै महानुभावहरुलाई आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराउन पनि अनुरोध गरे ।