Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

युनियन लाइफ इन्स्योरेन्सले साढे ६४ करोड रुपैयाँ बराबरको आईपिओ जारी गर्ने

२०७४ आश्विन २३ गते

युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले प्रथम वार्षिक साधारणसभा समेत डाकेको छ । हालै बीमा व्यवसाय संचालनको अनुमति पाएको युनियन लाइफ इन्स्योरेन्सले कात्तिक १३ गते साधारणसभा बस्ने र सो साधारणसभामार्फत साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने जानकारी दिएको छ । 

यद्यपि, धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ अनुसार कम्पनीले तत्कालै साधारण सेयर निष्काशन गर्न नपाउने देखिएको छ । व्यवसाय सुरु गरेको कम्तीमा एक वर्ष पूरा नभएका कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्न नपाउने व्यवस्था रहेको छ । ’बैंक, वित्तीय वा बीमा सम्बन्धी व्यवसाय गर्न संगठित संस्थाले धितोपत्रको सार्बजनिक निष्काशन गर्ने भएमा कारोबार सञ्चालन गरेको एक आर्थिक बर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण सार्बजनिक रुपमा प्रकाशन गर्नुका साथै साधारणसभा समेत सम्पन्न गरिसकेको हुनुपर्छ ’ धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा उल्लेख छ । 

साधारणसभामा संचालक समितिले चालु आर्थिक बर्षको लागि सिफारिस गरेको लेखापरीक्षक नियुिक्त तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । साथमा संचालक समितिको निर्णय बमोजिम नियुक्त भएका प्रमुख कार्यकारी अधिकृतको नियुक्ति अनुमोदन पनि गरिनेछ ।