Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रिमियर इन्स्योरेन्सको ३७औँ शाखा दमकमा

२०७४ भाद्र ९ गते

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले दमकमा आफ्नो ३७ औँ शाखा विस्तार गरेको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले शुक्रबार उक्त शाखाको उद्घाटन गरे । प्रिमियरको यो शाखा पूर्वाञ्चलमा विस्तार गरिएको चौथो शाखा हो । 

प्रिमियर इन्स्योरेन्सले विगत २३ बर्ष देखि बीमा सेवा प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि यसरी नै शाखा विस्तारलाई अघि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीका प्रमुख कार्यकारी अधिकृतसुधुम्न प्रसाद उपाध्यायले व्यक्त गरे ।

कम्पनीले आर्थिक बर्ष ०७३।७४ मा एक अर्ब ३५ करोड ८५ लाख बीमा शूल्क संकलन गरेको छ भने १८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।