Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ कसुरमा नेपाल बैंकका ५ कर्मचारी सहित ११ जना पक्राउ

२०७४ भाद्र ८ गते

बैंकिङ कसुर अपराधअन्तर्गत नेपाल प्रहरीले नेपाल बैंक लिमिटेडमा कार्यरत ५ कर्मचारीसहित ११ जनालाई पक्राउ गरेको छ । अनियमित एवं गैरकानुनी तवरले सुनकर्जा लिने–दिने कार्यगरी बैंकलाई १५ करोड ५१ लाख ४३ हजार ९ सय ५ रुपैयाँ ५७ पैसा हानी–नोक्सानी पु¥याएको भन्दै ११ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । ब्यूरोको टोलीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय, धरानमार्फत उच्च अदालत विराटनगरमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम मुद्दा दायर गरेको छ । १ करोड बराबरको सुन धितो राखी १५ करोड ५१ लाख रुपैयाँ कर्जा लिएका ६ जना व्यक्ति र मिलेमतोमा कर्जा दिने नेपाल बैंकका ५ कर्मचारीहरुलाई ब्यूरोको टोलीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भोजपुर सिद्धेश्वर– ४ घर भई हाल धरान नगरपालिका–१७ बस्ने ऋणी ज्ञानेन्द्र पुरकुटी, सुनसरी धरान नगरपालिका–१७ बस्ने ऋणी सन्जीत रसाईली, सुनसरी इटहरी नगरपालिका–८ भोजपुर टोल बस्ने ऋणी माधव रिसाल, धरान नगरपालिका–१७ न्यूकृति मार्ग बस्ने ऋणी सन्तोष रसाइली, धरान नगरपालिका–१५ दशरथपथ बस्ने ऋणी सुनिल विक, सुनसरी प्रकाशपुरका लालबहादुर बिक, धरान–१६ घर भई नेपाल बैंक लि. धरान शाखाका तत्कालिन खजान्ची पदमा कार्यरत हाल निलम्बित होमबहादुर भट्टराई,  सुनसरी जब्दी घर भई नेपाल बैंक लि. धरान शाखाका तत्कालिन सहायक शाखा प्रबन्धक हाल निलम्बित रामकिशोर मेहता, सुनसरी गैसार इटहरी घर भई हाल नेपाल बैंक लि. धरान शाखामा सहायक शाखा प्रबन्धक पदमा कार्यरत शंकर न्यौपाने, सुनसरी धरान–१६ घर भई नेपाल बैंक लि. धरान शाखामा कार्यरत सानुबाबु श्रेष्ठ र कैलाली बसौटी–८ रामपुर घर भई हाल नेपाल बैंक लि. सिटी अफिस बिराटनगरमा शाखा प्रबन्धक पदमा कार्यरत पुष्पराज घिमिरे रहेका छन् ।