Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सले बुझायो पुँजीवृद्धि योजना, यसरी पुग्ने भयो चुक्तापुँजी

२०७४ श्रावण १५ गते

प्रभु इन्स्योरेन्स लिमिटेडले बीमा समितिमा पुँजीवृद्धिको योजना पेश गरेको छ । कम्पनीले आइतबार समितिमा पुँजीवृद्धि योजना बुझाउँदै बोनस सेयर र हकप्रद सेयर जारी गरेर निर्धारित समयभित्रमा नै तोकिएको चुक्तापुँजी पुर्याउने जनाएको छ ।

योजनाअनुसार, प्रभुले चालू आर्थिक बर्ष २०७४।७५ मा २० प्रतिशत बोनस सेयर जारी गर्नेछ । गत आर्थिक वर्षको कमाइबाट कम्पनीले यो बोनस सेयर जारी गर्नेछ । बोनसपछि प्रभुले ४५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेर एक अर्ब ४८ लाख रुपैयाँ चुक्तापुँजी पुर्याउनेछ । समितिमा बुझाएको योजनाअनुसार नै पुँजीवृद्धिको कार्य सम्पन्न हुने प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले बताए ।

बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुलाई ०७५ असार मसान्तसम्ममा एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको छ ।