Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

मृतक ग्राहकको परिवारलाई प्राइम लाइफ इन्स्योरेन्सले दियो बीमा रकम

२०७४ श्रावण ११ गते

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो मृतक ग्राहकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । अर्घाखाँची जिल्ला ढिकुरा गा.वि.स. वडा नं. ५ निवासी विष्णु प्रसाद भट्टराईले एक वर्ष छ महिना पहिले प्राइम लाइफ इन्स्योरेन्समा आफ्नो बीमा गरी बैदेशिक रोजगारका लागि साउदी अरब गएका थिए । करीब २ महिना अगाडी बैदेशीक रोजगारकै शिलसिलामा बिदेशमै निजको मूत्यु भएपछि निजकी श्रीमती मीना भट्टराईले बीमा रकम दावी भुक्तानीका लागी गत असार महिनामा कम्पनीमा निवेदन दिएकी थिईन् । कम्पनीको नियमानुसार भुक्तान गर्नुपर्ने रकम छ लाख पचास हजार रुपैयाँको चेक एक कार्यक्रम गरी कम्पनीको अर्घाखाँची शाखा कार्यालयबाट शाखा प्रमुख नारायण घिमिरेले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै शाखा प्रमुख घिमिरेले प्राइम लाइफ इन्स्योरेन्सले दावीकर्ताले कम्पनिमा निवेदन दिएको छोटो समयमै (सम्पुर्ण कागजात पुरा गरेकै दिन) कम्पनीले चेक जारी गरी भुक्तानी दिएको र आगामी दिनमा पनि ग्राहकलाई छिटो, छरीतो र सरल तरिकाले भुक्तानी दिन कम्पनि सदैव अग्रसर हुने बताए ।