Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्सको सेयर लिलामी साउन १६ गतेदेखि

२०७४ श्रावण ९ गते

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्काशनको क्रममा बिक्री नभएको सेयर बोलकबोलमार्फत विक्री गर्ने भएको छ । कम्पनीले साधारण समुहको सात हजार पाँच सय ८३ कित्ता र संस्थापक समुहको तीन सय ६७ कित्ता गरी जम्मा आठ हजार तीन सय ८० कित्ता सेयर यही साउन १६ गतेदेखि लिलामीमा निकाल्न लागेको हो । 

कम्पनीको सेयर खरिद गर्न चाहनेले न्युनतम एक सय रुपैंयाँमा तोकिएको भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गनुपर्ने हुन्छ । बोलपत्र साउन २३ गतेसम्म पेश गर्न पाइनेछ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।