Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

पुँजीवृद्धिका लागि नेको इन्स्योरेन्सले रोज्यो हकप्रद निष्काशनको बाटो

२०७४ श्रावण ४ गते

गत वर्ष शतप्रतिशत हकप्रद सेयर जारी गरेर ६४ करोड ८० लाख रुपैयाँ चुक्तापुँजी पुर्याएको नेको इन्स्योरेन्सले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने योजना अघि सारेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले पुँजीवृद्धिका लागि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो । उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत र कम्पनीको आगामी साधारणसभाबाट पारित हुन बाँकी छ । 

बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुलाई एक अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको छ । हकप्रद जारी गरेर नेकोले चुक्तापुँजी एक अर्बनजिक पुर्याउनेछ । गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गर्दा कम्पनीको चुक्तापुँजी सजिलै एक अर्ब पुग्नेछ ।