जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्चमा सीमा तोकिएको छ । बीमा अभिकर्ताहरुलाई इन्सेन्टिभ दिन गठित अध्धयन उपसमितिले बुधबार बीमा समितिलाई बीमा कम्पनीहरुको व्यवस्थापन खर्चमा सीमा तोक्नेसहितको राय बुझाएको छ । उपसमितिले बुझाएको राय अनुसार, अब जीवन बीमा कम्पनीहरुले १८ प्रतिशतसम्मको व्यवस्थापन खर्च गर्न पाउनेछन् । कम्पनीहरुले संकलन गरेको प्रथम बीमा शूल्कबाट अभिकर्ता तालिम, अभिकर्ता अन्य र व्यापार प्रवद्र्धन शीर्षकमा खर्च गर्न पाउनेछन् । त्यस्तै, बीमा कम्पनीहरुले अभिकर्तालाई दिने इन्सेन्टिभ खर्च अभिकर्ता अन्य शीर्षकमा राख्नुपर्नेछ भने यसमा वैदेशिक रोजगार (म्यादी) जीवनबीमाको बीमाशूल्कको गणना हुने छैन ।
