Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

यसरी पुर्याउने भो शिखर इन्स्योरेन्सले एक अर्ब चुक्तापुँजी

२०७४ असार ११ गते

शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडले एफपिओ र बोनस सेयरबाट बीमा समितिले तोकेबमोजिम चुक्तापुँजी पुर्याउने भएको छ । नेपाल स्टक एक्सेचेञ्ज मार्फत पूँजी वृद्धि योजना सार्वजनिक गर्दै कम्पनीले थप नयाँ सेयर एफपिओ निष्कासन तथा बोनसबाट विमा समितिले तोकेको पूँजी पुर्याउने जानकारी दिएको हो । कम्पनीको गत विहीबार बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको आइतबार नेप्सेलाई दिएको सूचनामा जनाईएको छ । 

बीमा समितिको निर्देशन अनुसार निर्जीवन विमा कम्पनीले ०७५ असारसम्ममा एक अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने हुन्छ । हाल शिखरको ८१ करोड चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा २४ करोड रुपैयाँ रहेको छ । 

शिखरले आफ्नो पूँजी योजनामा १२ औँ साधारणसभाबाट पारित भएबमोजिम एफपिओ निष्कासन गर्ने बुदा समेत समेटेको छ । कम्पनीले १३ लाख ६२ हजार सात सय ८१ कित्ता थप नयाँ सेयर एफपिओ प्रिमियम सहित १६२० रुपैयाँमा निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले गत फागुनमै एफपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन समेत गरिसकेको छ ।