Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन जनरल इन्स्योरेन्सको हकप्रद भर्न असार १५ भित्र सेयर किनिसक्नुपर्ने 

२०७४ असार ७ गते

असार १५ गतेसम्म कायम सेयरधनीले मात्रै हिमालयन जनरल इन्स्योरेन्स लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउने भएका छन् । कम्पनीले हकप्रद प्रयोजनका लागि असार १६ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ ।

हिमालयनले एक बराबर एक दशमलव ६६६७ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते स्वीकृति पाएको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद जारी गर्नेछ । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

हाल हिमालयन इन्स्योरेन्सको चुक्तापुँजी ३८ करोड ५२ लाख एक सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि एक अर्ब दुई करोड ७२ लाख रुपैयाँ पुग्नेछ ।