Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

२०७४ असार ४ गते

सिद्धार्थ बैंकसहित अन्य औद्योगिक तथा व्यापारिक समूहको प्रवद्र्धनमा सञ्चालनमा आउन लागेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न चार पदमा दरखास्त आह्वान गरेको छ । कम्पनीले मेनेजर लेभल, अफिसर लेभल, मेनेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । मेनेजर र अफिसर लेभलका लागि अनुभव माग गरेको कम्पनीले प्रशिक्षार्थीहरुका लागि अनुभव मागेको छैन । 

मेनेजर लेभलमा कम्पनीले सिनियर मेनेजर, मेनेजर, डेपुटी मेनेजर तथा एसिस्टेन्ट मेनेजरको रुपमा नियुक्ति दिन खाजेको छ । यो पदमा छनौट हुनेको कार्यक्षेत्र काठमाडौँ हुनेछ । विजनेस, मेनेजमेन्ट, अर्थशास्त्र तथा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको र कुनै पनि बीमा कम्पनीमा कम्तीमा ५ वर्ष मेनेजर लेभलमा रहेर काम गरेको अनुभव भएकाले यो पदमा एप्लाई गर्न सक्नेछन् । 

त्यस्तै, उपत्यकाभित्र तथा बाहिर कार्यक्षेत्र रहने गरी केही संख्यामा अफिसर लेभलका कर्मचारी माग गरिएको छ । यसका लागि । विजनेस, मेनेजमेन्ट, अर्थशास्त्र तथा सम्बन्धित विषयमा स्नातक गरेको र कुनै पनि बीमा कम्पनीमा कम्तीमा तीन वर्ष अफिसर लेभलमा रहेर काम गरेको अनुभव भएको हुनुपर्नेछ । 

मेनेजमेन्ट ट्रेनीका लागि विजनेस, मेनेजमेन्ट, अर्थशास्त्र तथा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको र उमेर ३० वर्ष ननाघेको हुनुपर्नेछ भने ट्रेनी एसिस्टेन्टका लागि कम्तीमा प्रविणता तह उतीर्ण गरेको र उमेर २८ वर्ष ननाघेको हुनुपर्नेछ । यी पदका छनौट हुने कर्मचारीको कार्यक्षेत्र उपत्यकाभित्र तथा बाहिर हुनेछ । 

इच्छुक तथा योग्यता पुगेकोले २४ जुनभित्रमा एप्लाई गरिसक्नुपर्नेछ । थप जानकारी तथा अनलाइनमार्फत एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।  

http://www.globaljob.com.np/corporate/index.php/1030?corporatename=reliance-life-insurance&id=1030#traineeassistant