Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ओम र मनास्लु एकआपसमा गाभिए, सुरु भयो एकीकृत कारोबार

२०७४ असार २ गते

ओम डेभलपमेन्ट बैंक लिमिटेड र मनास्लु विकास बैंक एकआपसमा गाभिएर शुक्रबार (असार २ गते)देखि एकीकृत कारोबार सुरु गरेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबि नेपालले  ओम र मनास्लुको संयुक्त कारोबार शुभारम्भ कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा गर्भनर डा. नेपालले नेपालको बर्तमान बैंकिङ्ग अवस्था र नेपालको वित्तीय बातावरणबारे जानकारी दिएका थिए । 

मर्जरपछि ओम डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले जानकारी दिए । मर्जरपछि बैंकको चुक्तापुँजी झन्डै एक अर्ब ६६ करोड, निक्षेप १५ अर्ब ४० करोड, कर्जा १३ अर्ब ८० करोड, शाखा संख्या ४१, कर्मचारी संख्या ३२७, निक्षेप ग्राहक एक लाख ९८ हजार, कर्जा ग्राहक २५ हजार १ सय, एटिएम ग्राहक १५ हजार र मोवाईल बैंकिङ्ग ग्राहक ३७ हजार ५ सय पुगेको उनले बताए ।

Ad