Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सको सेयर लिलामीमा किन्ने अवसर, असार ७ सम्म भर्न पाइने

२०७४ जेष्ठ ३१ गते

प्रभु इन्स्योरेन्स लिमिटेडले ४८ हजार एक सय २२ दशमलव ८१ कित्ता हकप्रद साधारण सेयर लिलामीमा निकालेको छ । कम्पनीले आज (जेठ ३१ गते)देखि असार ७ गतेसम्म लिलामीमा सेयर विक्री खुला गरेको हो । 

कम्पनीले २०७३ चैत ३० गतेदेखि २०७४ जेठ २ गतेसम्म हकप्रद सेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा बाँडफाँट भई बाँकी रहेको संस्थापकतर्फ पाँच हजार तीन सय ३४ दशमलव ४९ कित्ता र सर्वसाधारणतर्फ  ४२ हजार ७ सय ८८ दशमलव ३२ कित्ता साधारण सेयर लिलामीमा निकालेको जनाएको छ । 

सेयरको न्यूनतम मूल्य प्रति सेयर एक सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको सेयर खरीदको लागि  बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ ।

आवेदन दिई बाँडफाँटमा नपरेका आवेदकहरुको रकम फिर्ता भुक्तानी पूर्जा असार १२ गतेदेखि कम्पनीको सेयर रजिष्ट्रारबाट चेक मार्फत वितरण गरिन्छ । बाँडफाँटमा परेका आवेदकहरुलाई आवेदककै हितग्राही खातामा सेयर नामसारी गरिने हुँदा आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्न आह्वान गरिएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ  ।