Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सले दियो नयाँ अभिकर्तालाई तालिम 

२०७४ जेष्ठ २८ गते

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अर्घाखाँचीमा नयाँ अभिकर्ताहरुलाई अभिकर्ता आधारभुत तालिम प्रदान गरेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिद्धारा स्वीकृति प्रदान गरिएको उक्त तालिम यहि जेष्ठ २५, २६ र २७ गते ३ दिन अर्घाखाँची शाखा कार्यालयमा सञ्चालन भएको हो ।

अर्घाखाँची शाखा प्रमुख नारायण घिमिरेको संयोजकत्व र मुख्य प्रशिक्षणमा सम्पन्न भएको तालिममा व्यवसाय अधिकृत यमलाल भुसाल, अन्य व्यवसाय अधिकृतहरु, केही बजार प्रतिनिधिहरु र अभिकर्ता लगायतका प्रशिक्षकहरुले तालिम प्रदान गरेका थिए ।साथमा, बजार प्रतिनिधिहरुले बीमाको मार्केटिङ्ग गर्दाका आफ्ना पुराना अनुभव र भोगाई सुनाउँदै हाल भने धेरै सजिलो र सहज भएको तथा यस कम्पनीका ७५ जिल्लाका १२९ बटा कार्यालयबाट सम्पूर्ण सेवा र सुविधाहरु छिटो र छरितो प्राप्त हुने गरेकाले कुनै सेवाग्राहीले दुःख र झन्झट भोग्नु नपर्ने बताएका थिए । तालिममा अर्घाखाँचीका विभिन्न स्थानबाट सहभागी १३ जना अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।