Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सानिमा लाइफ इन्स्योरेन्समा जागीर खुल्यो

२०७४ जेष्ठ २५ गते

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमटेडमा जागीर खुलेको छ । कम्पनीले रिजनल म्यानेजरदेखि जुनियर असिस्टेन्टका लागि आवेदन माग गरेको हो ।

कम्पनीले विराजनगर, विरगञ्ज, भद्रपुर, बुटबल, नेपालगञ्ज, धनगडी, पोखरा, सुर्खेतका लागि रिजनल म्यानेजर माग गरेको छ । स्नातक उर्तीण र ५ वर्षसम्म बैंक तथा बीमा कम्पनीमा काम गरेकाले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी, अन्डरराइटिङ, क्लेम, रिइन्स्योरेन्स, फाइनान्स, आइटि, एडमिस्ट्रेसनका लागि अफिसरका लागि पनि आवेदन माग गरिएको छ । स्नातक उर्तीण र सम्बन्धीत विषयमा ३ बर्ष काम गरेकाले आवेदन दिनसक्ने छन् ।

लिगल अफिसरका लागि कानून विषयमा स्थानतक उर्तीणले आवेदन दिन सक्ने छन् ।

काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका लागि म्यानेजमेन्ज ट्रेनिका लागि स्नातकोत्तर उर्तीणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले उपत्यका तथा उपत्यका बाहिरका लागि जुनियर एसिस्टेन्ट पदका लागि पनि आवेदन माग गरेको छ । स्नातक उर्तीणले जुनियर एसिस्टेन्ट पदमा आवेदन दिन सक्नेछन् ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार ८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।