Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

महालक्ष्मी लाइफ इन्स्योरेन्सले लोगो सार्वजनिक गर्यो, छिटै सञ्चालनमा आउने तयारी

२०७४ जेष्ठ २४ गते

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको लोगो सार्वजनिक गरेको छ । कम्पनीको मगंलवार बसेको संचालक समितिको बैठकले कम्पनीको लोगो पारीत गरी सार्वजनिक गर्ने गरेको हो । महालक्ष्मीले केही समय अगाडि मात्रै बीमा समितिको स्वीकृतीमा अर्थमन्त्रालयबाट सञ्चालनको स्वीकृती पाएको थियो । अब दुई अर्ब चुक्तापूँजी पुर्याउने प्रक्रियामा रहेको कम्पनीले संस्थापकहरुबाट एक अर्ब ४० करोड चुक्तापूँजी पुँर्याउँद्रैछ । ५५ जना संस्थापक सदस्य रहेको कम्पनी संघीय संरचनामा कार्यालय स्थापनाको योजना सहित संचालन अनुमतिको लागि छिट्टै नियमाक निकाय बीमा समितिमा जाने तयारीमा रहेको छ ।