Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रिमियर इन्स्योरेन्सले एफपिओ जारी गर्ने, कति तोकियो मूल्य ?

२०७४ जेष्ठ २२ गते

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले छ लाख ५९ हजार पाँच सय ६५ कित्ता थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा सात सय ९५ रुपैयाँ प्रिमियर थप गरी प्रतिकित्ता आठ सय ९५ रुपैयाँमा एफपिओ जारी गर्ने निर्णय गरेको हो । कम्पनीको आइतबार (जेठ २१ गते) बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको नेप्सेले जनाएको छ । 

प्रिमियरले एफपिओ निष्काशनको अनुमति माग गर्दै गत माघ १२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीले हालसम्म बोर्डको स्वीकृति पाएको छैन । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।