Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘धितोपत्र दर्ता तथा बाँडफाँड निर्देशिका’ जारी, यस्ता छन् मूख्य बुँदाहरु

२०७४ जेष्ठ १४ गते

नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा बाँडफाँड निर्देशिका, २०७४ जारी गरेको छ । आइतबार एक पत्रकार सम्मेलन गर्दै धितोपत्र बोर्डले उक्त जानकारी गराएको हो । यसअघिको धितोपत्र निष्काशन निर्देशिका, २०६५ लाई प्रतिस्थापन गर्दै नयाँ निर्देशिका जारी गरेको बोर्डले जनाएको छ । नयाँ निर्देशिकाका केही महत्वपूर्ण बुँदाहरु यहाँ प्रस्तुत गरिन्छ : 

  • संगठित संस्थाले धितोपत्रको एकपटक थप सार्वजनिक निष्काशन गरेको मितिले ५ बर्ष पूरा नभएसम्म पुनः धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न नसक्ने ब्यवस्था गरिएको छ ।
  • धितोपत्र बाँडफाँट गर्दा आस्वा प्रणाली लागू भए पश्चात सबै आवेदकलाई कम्तिमा दश कित्ता वा दशकोे गुणनमा धितोपत्र बाँडफाँट गर्ने व्यवस्था गरी लगानीकर्ताको सहभागितामा जोड दिइएको छ ।
  • बिवरणपत्र, हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरण, विवरण पुस्तिका, बिक्री प्रस्ताव वा अन्य विवरण स्वीकृत भएको बढीमा सात कार्य दिनभित्र धितोपत्र सूचीकरणका लागि धितोपत्र बजारमा र धितोपत्रको अभौतिकीकरणका लागि केन्द्रिय निक्षेप कम्पनीमा निवेदन दिनुपर्ने व्यवस्था लागू गरिएको छ ।
  • सेयर बाँडफाँट अवधिलाई घटाएर बढीमा २ महिनामा झारिएको छ ।
  • संगठित संस्थाले साधारण सभाबाट हकप्रद सेयर निष्काशन पारित गरेको दुई महिनाभित्र बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
  • एक आपसमा गाभ्ने वा गाभिने कार्य सम्पन्न भए पश्चात एकिकृत कारोबार सुरु भएसँगै सेयरको कारोबार समेत सुरु हुने व्यवस्था गर्न भनिएको छ । 
Ad