हालै सञ्चालनको अनुमति प्राप्त गरी व्यवसाय सुरु गर्ने प्रक्रियामा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्राध्यापक डा. रबिन्द्र घिमिरेलाई बिशेषज्ञ सञ्चालकमा नियुक्त गरेको छ । त्यस्तै, कम्पनीको सञ्चालक समितिले प्रकाश खनाललाई सल्लाहकारमा नियुक्त गरेको छ ।
घिमिरे बीमा बिषयमा विद्यावारिधि गरेका छन् भने खनाल पनि बीमा क्षेत्रका अनुभवी व्यक्ति हुन् ।
महालक्ष्मी लाइफ इन्स्योरेन्समा महालक्ष्मी डेभलपमेन्ट बैंकको मूख्य लगानी रहेको छ ।


