भर्खरै सञ्चालनको अनुमति पाएर व्यवसाय सुरु गर्ने तरखरमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा एक सय नौ जना कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यकाबाहिरका लागि २० जना मेनेजमेन्ट ट्रेनी र ५० जना अफिसर ट्रेनी एसिस्टेन्ट माग गरेको छ । त्यस्तै, छ जना मेनेजर, एक जना एक्चुअरी, दुई जना लिगत अफिसरको दरखास्त आव्हान गरिएको छ भने भ्यालीभित्रका लागि १० जना मेनेजमेन्ट ट्रेनी र २० जना अफिसर ट्रेनी एसिस्टेन्ट माग गरिएको छ ।
मेनेजर पदका लागि कम्पनीले कम्तीमा स्नातक उतीर्ण गरी बैंक तथा बीमा क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव माग गरेको छ । लिगल अफिसरका लागि कानुन विषयमा स्नातक गरेको हुनुपर्ने बताइएको छ । अन्य पदका लागि कुनै पनि विषयमा स्नातक गरेको हुनुपर्ने बताइएको छ । अनुभव भएकालाई प्राथमिकता दिइने समेत कम्पनीले प्रष्ट पारेको छ ।
job.citizenlife@gmail.com अथवा POB: 10692 थापाथली काठमाडौँ मार्फत जागीरको लागि एप्लाई गर्न सकिनेछ । यो सूचना प्रकाशित भएको मिति (मे २४)को २५ दिनभित्र आवेदन दिइसक्नुपर्ने बताइएको छ ।


