Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

अर्थबाट स्वीकृति पाएका बीमा कम्पनीलाई समितिले पठायो सैद्धान्तिक स्वीकृतिको पत्र 

२०७४ जेष्ठ ८ गते

अर्थ मन्त्रालयले स्वीकृति दिएका १० नयाँ जीवन बीमा कम्पनीलाई बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले सैद्धान्तिक स्वीकृतिको पत्र पठाएको छ । समितिले सोमबार १० वटै बीमा कम्पनीलाई पत्राचार गरेको छ । अर्थ मन्त्रालयले आइएमइ, रिलायन्स, महालक्ष्मी, सानिमा, सन नेपाल, स्टार, सिटिजन, रिलायबल, ज्योति र युनियन लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिन बीमा समितिलाई अनुमति दिएको थियो ।

अब ती बीमा कम्पनीहरुले कर्मचारी नियुक्ति, कार्यालयको पूर्वाधार तथा बिजिनेस प्लानसमेत बुझाई तोकिएको चुक्तापुँजी पुर्याएर अन्तिम स्वीकृतिका लागि आवेदन दिनेछन् । बीमा समितिले संस्थागत सुशासन विनियमावलीभित्र रहेर नयाँ कम्पनीहरुको मूल्यांकन गर्ने छ । विनियमावलीभित्र अट्ने कम्पनीहरुले अन्तिम स्वीकृति पाउने छन् ।