Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

राष्ट्रिय बीमा संस्थानको नाफा झन्डै २१ प्रतिशतले घट्यो

२०७४ जेष्ठ ८ गते

राष्ट्रिय बीमा संस्थानले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ९१ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ८३ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

९३ लाख रुपैयाँ चुक्तापुँजी भएको राष्ट्रिय बीमा संस्थानले जगेडा कोषमा ३० करोड २० लाख रुपैयाँ र जीवन बीमा कोषमा ११ अर्ब २० करोड ३७ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ११ दशमलव ११ प्रतिशतले घटेर एक करोड ६२ लाख रुपैयाँ पुगेको छ भने खर्च चार दशमलव ३३ प्रतिशतले घटेर एक करोड रुपैयाँ रहेको छ ।

कम्पनीले एक अर्ब ९९ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क खुद आर्जन गरेको छ भने दुई अर्ब ९३ करोड ३९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।