एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजयबहादुर शाहले पदबाट राजिनामा दिएका छन् । पाटन उच्च अदालतका न्यायधीशद्वय श्रीकान्त पौडेल र रमेशकुमार खत्रीको सयुक्त इजलाशले लगातार दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत पदमा काम गरेको व्यक्ति पुनः सिइओमा बस्न नपाउने फैसला गरेपछि शाहले पदबाट राजिनामा दिएका हुन् ।
एनएलजी इन्स्योरेन्सले शाहलाई तेस्रो कार्यकालको लागि पनि नियुक्त गरेको थियो । तर, बीमा समितिलृ त्यसमा सहमति जनाएको थिएन । त्यसको विरुद्ध शाह उच्च अदालत गएका थिए । अदालतले शाहलाई पदमा काम गर्न अन्तरिम आदेश दिएको थियो । तर, बुधवारको इजलाशले अन्तरिम आदेश खारेज गर्दै बीमा समितिले गरेको निर्णयलाई सदर गरेपछि उनले राजिनामा दिनुपरेको हो ।
शाह बीमा कम्पनीको सिइओहरुको संस्था नेपाल बीमक संघका अध्यक्ष पनि हुन् ।


