Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्सको हकप्रद खुल्यो, वैशाख १७ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

२०७४ बैशाख २८ गते

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर निष्काशन आगामी आज (बैशाख २८ गते)देखि सुरु भएको छ । कम्पनीले पाँच बराबर २.१ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । जेठ ३१ गते निष्काशन बन्द हुने सेयरमा वैशाख १७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

सिद्धार्थले एक सय रुपैयाँ अंकित दरमा आठ करोड ६२ लाख १२ हजार पाँच सय रुपैयाँ बराबरको आठ लाख ६२ हजार एक सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले लक्ष्मी क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । विक्री प्रबन्धकको कार्यालयबाट उक्त हकप्रद सेयर खरिद गर्न पाइनेछ । 

हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्तापुँजी ३४ करोड ४८ लाख ५० हजार रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ४३ करोड रुपैयाँ नाघ्नेछ ।