Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

फस्र्ट माइक्रोफाइनान्सको १३ लाख २२ हजार कित्ता हकप्रद सेयर खुल्यो

२०७४ बैशाख २८ गते

फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन आज (वैशाख २८ गते)देखि सुरु भएको छ । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । बैंकको हकप्रदमा चैत्र २९ गतेसम्म कायम सेयरधनीले जेठ ३१ गतेसम्म आवेदन दिन पाउनेछन् । 

फस्र्ट माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा १३ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले ग्लोबल आईएमई क्यापिटल लिमिटेडले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

उक्त हकप्रद शेयरमा ग्लोबल आईएमई क्यापिटल जमल, फस्ट माइक्रोफाइनान्सका शाखा कार्यालयहरु र ग्लोबल आईएमई बैंकका शाखाहरु आर्दशनगर १३, बीरगंज, फुलबारी बजार इटहरी, भानुचोक जनकपुर, धनगढी कैलाली, पृथ्वीचोक पोखरा, त्रिभुवनचोक नेपालगंज र वि.पि. चोक, बुटवलबाट आवेदन दिन सकिनेछ ।

हाल फस्र्ट माइक्रोफाइनान्सको चुक्तापुँजी २६ करोड ४५ लाख एक सय रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि माइक्रोफाइनान्सको चुक्तापुँजी ३९ करोड ६७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशनका लागि बैंकले चैत्र १७ गते नेपाल धितोपत्र बोर्डको अनुमति पाएको थियो ।

फस्र्ट माइक्रोफाइनान्स थोक कर्जा प्रवाह गर्ने घ वर्गको बैंक हो । राष्ट्र बैंकको निर्देशनअनुसार, यस माइक्रोफाइनान्सले ०७५ हजार मसान्तसम्ममा ६० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।

Ad