Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेको इन्स्योरेन्सले कमायो १२ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा

२०७४ बैशाख २६ गते

निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमासमा १२ करोड ८८ लाख रुपैयाँँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२ दशमलव ८५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेकोले सात करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

३२ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा १७ करोड ५३ लाख रुपैयाँ र बीमाकोषमा २४ करोड ४५ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ८१ दशमलव ३५ प्रतिशत बढेर २१ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने खर्च ७७ दशमलव ०८ प्रतिशतले बढेर ८ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले बीमा शुल्कवापत ५८ करोड पाँच लाख रुपैयाँ आर्जन गरेको छ भने १४ करोड दुई लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । यो अवधिमा नेको इन्स्योरेन्सले एक लाख ५० हजार एक सय ६४ वटा बीमा लेख जारी गरेको छ भने दुई हजार एक सय ९१ वटा दाबी भुक्तान गरेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ५३ रुपैयाँ, प्रति सेयर नेटवर्थ दुई सय ९१ दशमलव १६ रुपैयाँ र मुल्य आम्दानीको अनुपात २३ दशमलब ५४ गुणा रहेको छ ।