Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

साढे सात गुणाले बढ्यो सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा

२०७४ बैशाख २२ गते

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा छ करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ७ गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्सले ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

६२ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी भएको इन्स्योरेन्सले जगेडाकोषमा ३२ करोड ३४ लाख रुपैयाँ र जीवन बीमाकोषमा दुई अर्ब १४ करोड पाँच लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ९७ दशमलव ५६ प्रतिशतले बढेर आठ करोड १८ लाख रुपैयाँ पुगेको छ भने खर्च ३६ दशमलव ३६ प्रतिशतले बढेर दुई करोड १५ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीले ८३ करोड ४० लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने १० करोड २१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

चैत्र मसान्तसम्ममा सूर्या लाइफ इन्स्योरेन्सको प्रतिसेयर आम्दानी वार्षिक १२ दशमलव ८७ रुपैयाँ, पीई रेशियो एक सय तीन दशमलव ७३ गुणा र प्रतिसेयर नेटवर्थ एक सय ५६ दशमलव ६५ रुपैयाँ रहेको छ ।