Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेको इन्स्योरेन्सको ९२ हजार कित्ता सेयर लिलामीमा आउँदै

२०७४ बैशाख २१ गते

नेको इन्स्योरेन्स लिमिटेडले ९२ हजार आठ सय ९३ दशमलव ३२ कित्ता हकप्रद सेयर लिलामीमा निकाल्ने भएको छ । संस्थापक सेयरतर्फ छ हजार एक सय ६३ दशमलव ७९ कित्ता र सर्वसाधारणतर्फ ८६ हजार सात सय २९ दशमलव ५३ कित्ता हकप्रद सेयरलाई लिलाम विक्री गर्न लागिएको हो । कम्पनीले जेठ ५ गतेदेखि ११ गतेसम्म लिलामीमा सेयर विक्री गर्ने जानकारी दिएको छ ।

हकप्रद सेयरको न्यूनतम प्रतिसेयर एक सय रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्यमा बोलकबोल गर्नुपर्नेछ । कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले कम्पनीले २०७३ फागुन ३ गतेदेखि चैत ७ गतेसम्म निष्काशन खुला गर्दा नबिकेको हकप्रद सेयरलाई बोलकबोलका माध्यमबाट विक्री गर्न लागेको हो ।